के हामी नब उदारबाद र कम्युनिस्टहरुको अन्तर्राष्ट्रियतावादले एउटै उद्देश्यको निम्ति दौडिरहेको कल्पना गर्न सक्छौ ? अधिकांशको गतिविधि हेर्दा लाग्छ ,उनिहरुको गोल पोष्ट एउटै हो र यी दुबै थरी एउटै खेलमैदानमा एउटै बल खोस्ने प्रयास गर्दै गोल गर्ने प्रयास गरिरहेका छन,तर कम्युनिस्टहरुको गोडाले कहिल्यै बल छुन समेत पाएकोछैन ।यिनिहरु हतास छन र भौतारिदै दौडिदैछन। त्यसैले हामी अमेरिकन डिप स्टेटका कार्यान्वयनकर्ता र क्रान्तिकारी भनिने कम्युनिस्टहरुको मिलन बिन्दु एउटै भएको देखिरहेका छौ , के हुदैछ यहाँ ?? पेरु,फिलपिन्स,नेपाल आदीका क्रान्तिकारी सशस्त्र बिद्रोहहरु कसरी एकाएक असफलता तिर मोडियो,अनि त्यस्को अन्तर्राष्ट्रिय पहलकर्ता रिम ( RIM) को अवशान बारे निर्मम समिक्षा नगरीकन अगाडिको बाटो कोर्न दुस्साहस मात्र होइन असम्भव नै छ। किन हामीलाई शंका लाग्दैछ, साम्राज्यवाद वा अमेरिकी डिप स्टेटका अमानवीय सैतान नव उदारवादी अमानवीय शक्ति र बामपंथी परिवर्तनकामी भनिने शक्ति बीच अन्तर्घुलन औ विलयको अवस्थामा एकाकार भैरहेका छन? यो दिवालियापन वा बैचारिक पतनको हद सिमाहिन भैरहेको छ। नेपालमै पनि पछिल्लो चरणसम्म आईपुग्दा यहाँका कम्युनिस्ट क्रान्तिकारी भनिनेहरु नै साम्राज्यवाद विरोधी होइन, परन्तु साम्राज्यवादको घोडा बनेर सेवकको रुपमा उभिएका छन।यस्को पुष्टि एम सि सि ,इन्डो प्यासिफिक सैन्य परियोजना लागू गराउन ब्याख्यात्मक टिप्पणीको जामा पहिरिनु बाट भएको छ। तथाकथित कम्युनिस्टहरुको रिभोलुसनरी इन्टरनेशन मुभमन्ट को नाममा दक्षिण एसियामा त्यही साम्राज्यवादले जरा गाड्यो।के यो आजको सबैभन्दा निर्मम र कटु सबाल होइन ? आज हामी जस्ताको पनि जवानी सिद्दिएर प्रौढ उमेर टेक्दैछ ,अझैसम्म पनि साम्राज्यवाद मुर्दावाद भन्ने नाराको अनुयायी भएर स्थायी रूपमा सत्ताको बिरोधि भैरहेका छौ। हाम्रो देशमा साम्राज्यवादी संस्कृति हुल्नको लागि क्रान्तिकारी कम्युनिष्ट भएर समेत देखिन सक्ने साम्राज्यवादको यो गुरुयोजना अतुलनीय छ। साधारण मान्छेको दिमाग चक्काराउने किसिमको छ । यस्को जवाफ नेपालमा जनयुद्धको पहलकदमी गर्ने माओबादीहरुले दिनैपर्छ ।के उनिहरु इमानदारी पुर्बक लड्दा-लड्दै असफल भएका हुन, आन्दोलनको कुनै चरणमा बिकाउ भएका हुन ,वा पहिल्यैदेखि परिचालित थिए ?? किनकि सि आइ ए बिकराल रुपमा सबैको सामु उभिएको छ र अनेकौं शंका र प्रशहरु उजागर भएका छन।
यी कुराहरू ब्यक्त गर्दागर्दै मेरो पनि दिमाग रन्थनिएको छ,झण्डैझण्डै आधाआधी बहुला जस्तै भएको छु। अत: तात्कालिन लेनिन-स्टालिन एवं माओ कालिन सांस्कृतिक र जातिय एवं लैँगिक परिभाषाहरु अन्ततः स्वयं कम्युनिस्टहरुको पतनको लागि, साम्राज्यवादी वा नव उदारवादीका लागि पनि हतियार बन्न पुगे । के मार्क्सबाद दुईधारे तरबार हो ,जस्को एक धार साम्राज्यवादले पनि उपयोग गर्नसक्छ ?? सायद सर्बहारा बर्गले यस्को सदुपयोग गर्न सकेन भने उस्को बर्ग शत्रुले यो दार्शनिक हतियारको चोरी गर्न सक्छ , तब भुईफुट्टा मध्यम बर्ग र पेटी बुर्जुवाहरुले क्रान्तिकारी आवरणमा दुनियाँलाई भ्रममा राख्दै नब उदारबादको पोल्टामा सबै आदर्शहरुको दाहसंस्कार गरिदिन्छन।आजभोलि वर्गसंघर्ष ,अन्तर्राष्ट्रियवाद र अधिनायकत्व जस्ता बिषय पुजिपतीले कब्जा गरेका छन र बहुराष्ट्रिय कम्पनी वा निगम पुजिबादले त्यस्को कार्यान्वयन गर्दैछ।यसरी फाँसीवाद, साम्राज्यवाद विरुद्ध युद्धको घोषणा गरेको क्रान्तिकारी कम्युनिस्ट अभियान अन्ततोगत्वा उस्कै सेवा गर्न पुगेको छ।यो बिरोधाभाष हो कि,बिपरित ध्रुबको चुम्बकीय मिलन हो कि , हामीले समयमै असली वा नक्कली खुट्याउन सकेनौ ? यो नक्कली क्रान्तिकारी झुण्ड , वैश्विकवादी उदारवाद ,साम्राज्यवाद , यी तिनै धारा विश्वका मानव समुदायको लागि दुश्मन हुन। मैले यहाँ प्रश्नहरूको ओइरो गरे, कुनै रेडीमेट उत्तरहरु म सँग छैन,सायद हामी मिलेर उत्तरहरुको खोजी गर्नैपर्छ र मेरो प्रश्न हिजोका ती कार्यकर्ता,आम क्रान्तिप्रेमी जनमानसलाई पनि होइन, तर क्रान्तिका योजनाकारहरुलाई चाही हो। सिद्धान्त , व्यबहार र प्राप्त परिणामले कार्ल मार्क्स ,लेलिन र माओको धज्जी उडाएको छ, कतै डोनाल्ड ट्रम्प र एलन मस्कहरु नयाँ संसारको मुक्तिदाता (??) त हुने होइनन् ,उदेकलाग्दो तरिकाले आशंका गर्न सकिन्छ।
अबको अमेरिका !!!
अब बिचारकाे ध्रुब वा बिश्वको शक्ति सन्तुलन फेरिदैछ।डाेनाल्ड ट्रम पुजिवादि साम्राज्यवादकाे कित्तामा दराेसग उभिने छन,तर बिलकुल नयाँ कार्यशैली अपनाएर यो हुनेछ। अब उनको ध्येय हो - बिना लगानि अमेरिकी साम्राज्य फैलाउने। यही उदघाेषका साथ अगाडि बढ्दै हिजाेका आफैले पालितपोषित गराइएका दलालहरलाई दानापानी बन्द गराउँदै छन । ती दासहरु अब आफ्नै जनतालाई अझै बढी शाेषण गर्न उद्दत हुनेछन । तिनीहरूलाई आफ्नो कित्तामा आउन पनि ट्रम्पले स्पष्ट आदेश दिनेछन। आगामी दिनहरूमा अमेरिकाले आफ्नो अधिनमा रहेको सुपर प्रबिधि मार्फत बिश्व नियन्त्रणमा लिने कोशिश गर्नेछ।जनसंख्या नियन्त्रण ,राजनैतिक रुपमा विश्वभरी ४-५ सहायक तानाशाहहरु पैदा गर्ने र संसारलाई माइक्रोचिप्स र ए आई प्रबिधिको सहयोगले नियन्त्रणमा लिने प्रयासयात्राको थालनी भैसकेको छ।यस्को निम्ति बिश्वमा अरु २-४ एलन मस्कहरु तयार हुनेछन। यसाे परिणामस्वरूप अब संसार भरि सर्वाहरा वर्ग संगठित हुन सक्दैनन भन्ने उनकाे बुझाई हाे । उनकाे साम्राज्यको हतियार पुजिवाद हाे ,उनी केही नियन्त्रण र संरक्षण सहितको नब उदारीकरणमा जानेछन् ,जस्लाई ट्रम्पिय फेलोसफी पनि भनिएला। अमेरिकाको चुनाैति चिन सँग हाे, त्यसकारण हतियारले कब्जा नगरि ब्यापारले कब्जा गर्ने र छरिएकाे पुजिलाई केन्द्रकृत गरेर चिन घेर्ने रणनितिमा अगाडी आउनेछन अब साना देश उनकाे प्रथामिकतामा पर्दैनन।
यो बिहंगम परिस्थिति बिच सर्बहारा अन्तरास्ट्रियबादको पुनर्जागरण ,पुनर्निर्माण कसरी गर्ने ,यसबारे समाजबादीहरुले सोच्नैपर्छ वा सोचेर मात्र हुदैन ,नयाँ कार्यदिशा र कार्यक्रम सहित अगाडी आउनैपर्छ।
महदीप पाेखरेल