सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्टे होटल भ्याली भ्यूबीच एक सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई होटेले विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्रबहादुर खड्का र बीरेन्द्रनगर सुर्खेतमा रहेकाे स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोडमार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । बैंकका कर्मचारीलाई भने २० प्रतिशत छुट दिइने जनाइएकाे छ ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका ग्राहक तथा कर्मचारीलाई फाइदा पुग्ने विश्वास यस बैंकले लिएको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
नेपालपत्र संवाददाता