नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैया बराबरको निक्षेप संकलन गर्ने भएको छ । वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट निक्षेप संकलन गर्न यस्तो उपकरणको प्रयोग गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफुले राख्न चाहेको निक्षेप र त्यसबापत दाबी गरेको ब्याज बोलकबोल गर्ने गर्दछन् ।
संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोल गर्न सक्नेछन् । सो निक्षेप रकमको साँवा तथा ब्याज २०८१ फागुन २५ गते भुक्तानी हुनेछ ।
नेपालपत्र संवाददाता