शुक्रबार, कार्तिक ७ गते २०८३

हामी यसकारण लड्छौं कि संसारमा हामी सबै मानिस प्रेमपूर्बक बाँच्न सकौं - कार्ल मार्क्स


फाल्गुण २, २०८१ शुक्रबार
हामी यसकारण लड्छौं कि संसारमा हामी सबै मानिस प्रेमपूर्बक बाँच्न सकौं - कार्ल मार्क्स

कार्ल मार्क्सको यो 'हामी संसारमा प्रेमपूर्बक बाँच्नका लागि लड्छौं' भन्ने महत्वपूर्ण भनाइले जीवन र समाजका गहन सामाजिक र राजनीतिक स्थितिको महत्वपूर्ण पक्षको आबश्यकतालाई अभिव्यक्त र उजागर गरेको छ । हुन पनि मार्क्सले सामाजिक संघर्ष र असमानताले मानिसको जीवनस्तरमा गहिरो प्रभाव पार्छ भन्ने मान्यता राख्थे । उनको विचार समाजको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा आधारित थियो, र उनको विश्वास थियो कि जब समाजमा प्रेम, समानता र भ्रातृत्वको भावनामा ब्यबधान खडा हुने गरिने अबस्था कायम रहिरह्छ या हुन्छ तब त्यहा प्रेम, सद्भाव र परस्पर समानतायुकत सम्मान प्रकट र बिकसित हुन सक्तैन । अनि त मानिसहरूले आफ्नो जीवन पूर्ण र सुनिश्चित रूपमा मानबीय किसिमले बाँच्न सक्ने स्थिति सर्जना हुन सक्तैन। त्यसैले सबै परस्पर प्रेमपूर्क बाँच्नका लागि त्यस्ता सबै प्रकारका बाधा बिघ्न हटाउन संघर्ष अनिवार्य बन्न जान्छ भन्ने कुरा दर्शाउदै हामी प्रेमपूर्बक बाच्ने अबस्था र बातावरण सिर्जनाका लागि संघर्ष गर्नु परेको हो भन्ने कुरा बताएका हुन् । साथै उनले समाजलाई बर्ग बिभाजित अर्थात दुई वर्गमा विभाजन भएको यथार्थ वास्तबिकतालार्इ उजागर गरे – पुँजीपति (बुर्जुवा) र मजदूर (सर्वहारा वर्ग)। यही बर्ग बिभाजन कारणले समाजमा  वर्ग संघर्ष उत्पन्न भयो । त्यसलेनै समाजमा असमानता, असन्तोष र बर्ग संघर्षलाई जन्म दिएको हो । यदि मानिसहरू प्रेम, समझदारी र सहानुभूतिका साथ एकताबद्ध हुने अनुकूल स्थित सिर्जना भयो भने यो संघर्ष समाप्त भएर जान्छ र त्यसो गर्न सकिन्छ भन्ने उनको बिश्वका लागि एक अत्यन्तै दूरगामी महत्वको  निष्कर्श थियो र हो ।


      प्रेम र मानवताः मार्क्सले भनेका छन्, 'जबसम्म मानिस मानिसका बीचमा आर्थिक र सामाजिक असमानता रहिरहन्छ, तबसम्म साँचो प्रेम र समर्पणको अस्तित्व कठिन हुन्छ । जबसम्म व्यक्तिको जीवनमा शारीरिक र मानसिक शोषण को सामना गर्नु परिरहेको हुन्छ तबसम्म उसको हृदय र मानसिक शान्ति पूरा हुन सक्दैन । प्रेमको जीवन जिउन समाजले सबैभन्दा पहिले यो शोषण र असमानतालाई निर्मूल पार्नुपर्छ । यसो नगरिकन, प्रेमको साँचो रूप प्रकट हुन सक्दैन । किनकि शोषण, गरिबी, अभाव र अन्यायले जीवनका अन्य पक्षहरूलाई असर गरिरहन्छ अनि त्यहाँ प्रेम र सद्भाव फस्टाउन पाउँदैन ।

 समानता र सहयोगः मार्क्सका अनुसार यदि समाजमा समानता र सहयोगको वातावरण भयो भने मानिसले आफ्नो पारस्परिक सम्बन्धमा प्रेम र साँचो भावनात्मक सम्बन्ध सिर्जना गर्न सक्छ । तिनीहरू व्यक्तिगत लाभका लागि मात्र नभई समाजको भलाइका लागि मिलेर काम गर्न सक्छन्। प्रेमको यो रूप सिर्जना गर्न आर्थिक र सामाजिक न्यायको आवश्यकता पर्दछ, ताकि प्रत्येक व्यक्तिले आफ्नो मानवीय गरिमाको सम्मान प्राप्त गर्न सकोस्।

 प्रेम र क्रान्तिः मार्क्सको विचारमा समाजमा क्रान्ति ल्याउन आर्थिक संघर्षले मात्र पुग्दैन, मानवताको भावना जागृत गर्न पनि उत्तिकै आवश्यक छ । जब मानिसहरू आफ्नो अधिकार र समानताका लागि लड्छन्, तब एउटा नयाँ सामाजिक व्यवस्थाको उदय हुन सक्छ जहाँ व्यक्तिहरू एकअर्काप्रति प्रेम, सद्भाव र परस्पर सहानुभूतिका साथ बाँच्न सक्छन्। यस क्रान्तिका लागि आर्थिक परिवर्तन मात्र होइन, मानसिक र भावनात्मक रूपान्तरण पनि उत्तिकै आवश्यक थियो, छ । जसले गर्दा  मानिसहरू परस्परमा एकताबद्ध हुन सकून्।

 निष्कर्षः यसप्रकार कार्ल मार्क्सको यो महत्वपूर्ण भनाइले समाजमा समानता, न्याय र शान्ति कायम भएमा मात्र साँचो र सुखी प्रेमपूर्ण जीवनको निर्माण सम्भव छ भन्ने कुरा अभिव्यक्त गरेको छ । अन्यथा निरन्तरको संघर्ष र असमानताका कारण प्रेमलाई आफ्नो वास्तविक स्वरूपमा बाँच्न गाह्रो हुन सक्छ । त्यसैले समाजका बर्ग बिभाजनका अ र्थिक, सामाजिक र साँस्कृतिक  सबै क्षेत्रमा असामनता पैदा गर्ने स्थितलार्इ अन्त्य गरेर परस्पर  प्रेम र सहकार्य अभिवृद्धि गर्न सङ्घर्ष र क्रान्तिको खाँचो छ । यसरी मार्क्सको दृष्टिकोणले समाजको असन्तुलित संरचनालाई परिवर्तन गरेर मात्र हामी परस्पर प्रेम,सद्भाव र सहानुभूतिकासाथ राम्रो सामाजिक जीवन बिताउन सक्छौं भन्ने प्रष्ट सङ्केत गर्छ । यसै कुरामा बैयक्तिक, पारिबारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रय प्रेम र सद्भावना पनि जगैदेखि राम्रोसँग हुर्किन र पुष्पित पल्लबित हुन पाउँदछ ।
परस्परमा समानता र न्यायको प्रत्याभूति गर्ने मानबीय समाज निर्माण गर्नु नै बास्तवमा मार्क्सबादको सारतत्व हो जुन समाज बास्तवमा प्रेममय भावनाको अजश्र अनुभूतिकासाथ कबाच्न र भेदभावरहीत खशियालीमा रमाउनसक्छ ।के यस्तो प्रेममय संसारको खोजी सम्पूर्ण मानबको अभिष्ट होइन र ?