बुधबार, भाद्र ३ गते २०८३

स्मार्टच्वाइस टेक्नोलोजिजको २३औ वार्षिक साधारण सभा सम्पन्न


फाल्गुण १, २०८१ बिहीबार
स्मार्टच्वाइस टेक्नोलोजिजको  २३औ वार्षिक साधारण सभा सम्पन्न

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै सोही सभाबाट ५ जना सञ्चालकहरू आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । रविन कुमार नेपाल र सविन ढकाल, प्रभु बैंक लिमिटेडबाट रश्मी पन्त, ग्लोवल आईएमई बैंक लिमिटेडबाट अनिल जोशी र सिटी एक्सप्रेस मनि ट्रान्सफर प्राइभेट लिमिटेडबाट सुभाष ज्ञवाली रहेका छन् । सञ्चालक समितिको बैठकले पुनः  रविन कुमार नेपाललाई अध्यक्ष चयन र स्वतन्त्र सञ्चालकको रुपमा मृगेन्द्र प्रधानलाइ नियुक्त गरेको छ । 

एससीटी विभिन्न बैंक, वित्तीय संस्था, तथा रेमिट्यान्स कम्पनीबाट प्रवर्धित तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालकका रुपमा स्थापित संस्था हो । संस्थाले एससीटी–यूनियन पे, भिसा, मास्टरकार्ड, डाइनर्स जस्ता कार्डहरु स्वीकार तथा जारी गर्ने गर्छ । बैंक, वित्तीय संस्था तथा १०० भन्दा बढी सहकारी संस्थाहरुले एससीटी मार्फत सेवा लिरहेका  छन् ।