शनिबार, आश्विन १७ गते २०८३

लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट, बस व्यवसायी संघसँग सम्झाैता


माघ ३०, २०८१ बुधबार
लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट, बस व्यवसायी संघसँग सम्झाैता

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. मा आवद्ध व्यवसायीहरु र यसमा यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने भएका छन्। लुम्बिनी केबलकारको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले साे सम्बन्धी सम्झाैतामा हस्ताक्षर गरेको हुन्।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. मा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

बुटवलमा रहेको लुम्बिनी केबलकारबाट पाल्पाको वसन्तपुरको टप स्टेसनमा एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्थाको रुपमा रहेको छ । प्रा.लि. मार्फत् हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । प्रा.लि.ले यात्रुबाहक देखि आधुनिक सुविधा सम्पन्न बस सेवा आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि  सञ्चालन गर्दै आइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता