आइतबार, आश्विन १८ गते २०८३

फागुन महिनाका लागि बैंकहरूकाे ब्याजदर : बचत खातामा ३.१ र मुद्दतीमा ६ प्रतिशतसम्म


माघ ३०, २०८१ बुधबार
फागुन महिनाका लागि बैंकहरूकाे ब्याजदर : बचत खातामा ३.१ र मुद्दतीमा ६ प्रतिशतसम्म

 

काठमाण्डाै । बैंक तथा वित्तीय संस्थाले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूल माघ महिनाकै ब्याजदरलाइ निरन्तरता दिएका हुन् । 

साधारण बचत र मुद्दती खाताको ब्याज दरमा यस अघिकै ब्याजदर कायम गरेको देखिएकाे हाे । लामो अवधिको ब्याजदरका लागि भने केही बैंकले ब्याजदर समायोजन गरेका छन् । 

साधारण बचत खातामा एनआईसी एशिया बैंकले दिने ३.१० प्रतिशत ब्याजदर नै सर्वाधिक देखिएको छ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशत नै छ । बैंकहरुले विशेष प्रकारका बचत खातामा साधारण बचत खाताको तुलनामा २ प्रतिशत र रेमिट्यान्स खातामा थप १ प्रतिशतसम्म बढी ब्याजदर दिन पाउँछन् ।

एकवर्षे मुद्दती खातामा प्राइम कमर्शियल बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ । यो नै सबैभन्दा धेरै हो । एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले दिने ४ प्रतिशत ब्याजदर सबैभन्दा न्यून रहेकाे छ । 

संस्थागत मुद्दती खाता तर्फ सानिमा बैंकले अधिकतम ४.३० प्रतिशत ब्याजदर कायम गरेकाे छ । यो खातामा ६ बैंकले ३ प्रतिशत ब्याजदर तोकेका छन् जुन सबैभन्दा कम हो । 

ग्लोबल आईएमई बैंकले फागुन महिनामा महिनामा बैंकले साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खातामा क्रमशः ३.० प्रतिशत, ५.० प्रतिशत र ३.५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले लामो अवधिको मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले बढाएको छ ।

कुमारी बैंकले फागुनका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंकले यसपटक व्यक्तिगत बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ५.० प्रतिशत र ४.० प्रतिशत ब्याज तोकेको छ । बैंकले मुद्दती खाताको दीर्घकालीन ब्याजदर भने ०.२५ प्रतिशत घटाएको छ ।

कृषि विकास बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ४.२६ प्रतिशत र ३.० प्रतिशत ब्याजदर तोकेको छ ।

सिटिजन्स बैंकले आगामी महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ५.५ प्रतिशत र ४.० प्रतिशत ब्याजदर तोकेको छ ।

एभरेस्ट बैंकले फागुन महिनाका लागि साधारण बचत एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दी खातामा क्रमशः ३.०५ प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिनेछ ।

फागुन महिनाका लागि हिमालयन बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ४.७५ प्रतिशत र ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंकले फागुनमा साधारण बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ५.० प्रतिशत र ३.५ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंकले फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.० प्रतिशत, ५.० प्रतिशत र ३.० प्रतिशत ब्याज दिनेछ । यो बाहेक अन्य सबै प्रकारका ब्याजदर समेत यथावत रहेका छन् ।

नेपाल बैंकले फागुन महिनाका लागि साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.०० प्रतिशत, ४.२ प्रतिशत र ३.० प्रतिशत ब्याज दिने जनाएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) फागुन महिनाका लागि बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.० प्रतिशत, ५.० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिने जनाएको छ । यो अघिल्लो महिनाकै निरन्तरता हो ।

नेपाल एसबीआई बैंकले बचत, एकवर्षे व्यक्तिगत र एकवर्षे संस्थागत खाताका लागि लागि क्रमशः ३.० प्रतिशत, ४.५१ प्रतिशत र ३.५१ प्रतिशत ब्याज दिनेछ ।

एनआईसी एसिया बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१ प्रतिशत, ५.० प्रतिशत र ३.० प्रतिशत ब्याज तोकेको छ ।

एनएमबि बैंकले फागुन महिनामा बैंकले साधारण बचत, एकवर्षे व्यक्तिगत मुद्दती र एकवर्षे संस्थागत मुद्दती खातामा क्रमशः ३.० प्रतिशत, ४.० प्रतिशत र ३.० प्रतिशत ब्याज दिने जनाएको छ ।

प्रभु बैंकले आगामी महिना बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशत ब्याजदर दिनेछ । बैंकले गत महिना पनि ब्याजदर यथावत राखेको थियो ।

प्राइम कमर्शियल बैंकले फागुन महिनाका लागि पनि ब्याजदर यथावत राखेको छ । यस अनुसार बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ६.० प्रतिशत र ४.० प्रतिशत ब्याज दिनेछ । बैंकले गत महिना पनि ब्याजदर घटबढ गरेको थिएन ।

राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ४.० प्रतिशत र ३.० प्रतिशतलाई निरन्तरता दिएको छ ।

सानिमा बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४.३० प्रतिशत ब्याजदर कायम गरेको छ । त्यसैगरी सिद्धार्थ बैंकले फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबै प्रकारका निक्षेपको खाताको ब्याजदर स्थिर राखेको छ । फागुन महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।