बुधबार, भाद्र ३ गते २०८३

जसका लागि यो सारा विश्व नै थोरैजस्तो लाग्दथ्यो, उसका लागि केवल एउटा चिहान नै पर्याप्त हुने दिन आयो : अलेक्ज्यान्डर द ग्रेट


माघ २८, २०८१ सोमबार
जसका लागि यो सारा विश्व नै थोरैजस्तो लाग्दथ्यो, उसका लागि केवल एउटा चिहान नै पर्याप्त हुने दिन आयो : अलेक्ज्यान्डर द ग्रेट

इतिहासमा सबभन्दा कुशल र बहादुर सेनापति मानिएका अलेक्ज्याण्डर द ग्रेट (ई.पू. ३५६–३२३) लाई भारतीयहरू ‘सिकन्दर महान’ को नामले चिन्दछन्। अरब जगतमा उनलाई 'ईस्कन्दर मक्दुनी' भनिन्छ ।
१६ वर्षसम्म एरिस्टोटलबाट शिक्षा लिएका अलेक्ज्यान्डर, वर्तमान मेसेडोनियाका शासक थिए । तसर्थ उनलाई ‘अलेक्जेन्डर तृतीय’ वा ‘अलेक्जेण्डर मेसेडोनियन’ पनि भनिन्थ्यो । उनलाई विश्व विजेता वा दिग्विजयी शासकका रुपमा उल्लेखित छ । उनको ताकतको जल्दोबल्दो बेला महाभारतकै समकाल हो ।
उनले आफ्नो कार्यकालमा इरान, सिरिया, इजिप्ट, मेसोपोटामिया, फिनिशिया हुँदै भारतको पन्जाबसम्म नै विजय हासिल गरे । ई.पू. ३२९ मा आफ्ना पिता फिलिपको मृत्यु भएपछि उनी सम्राट भएका हुन् । उनी सेनाको सुगठन र उत्साह जगाउने अद्भुत क्षमताका असाधारण व्यक्ति भएकोले नामसँग ‘महान’ (द ग्रेट) भन्ने उपाधि पनि जोडिन्थ्यो ।

Alexandrkorajya.jpg
उनले २० भन्दा बढी सहरहरूको स्थापना गरे, जसमा सबैभन्दा प्रमुख मिस्रको अलेक्जेन्ड्रिया सहर थियो। यूनानी उपनिवेशहरूको स्थापना र यसको परिणामस्वरूप यूनानी संस्कृतिको प्रसारले हेलेनिस्टिक सभ्यता र प्रभावलाई भारतीय उपमहाद्वीपसम्म फैलायो।
माथि लेखिएको उनको भनाई मृत्यु शैयामा भएको बेला आफ्ना अन्तिम इच्छा बताउने सिलसिलामा भनिएको हो भनी इतिहासकारहरूले उल्लेख गरेका छन् । ३३ वर्षको उमेरमै उनको मृत्यु भयो । मृत्यु हुने बेलामा आफ्ना चिकित्सकहरूमाथि व्यंग्य गर्दै भनेका थिए रे, “सयौँ चिकित्सकको सहयोगमा म आज मर्दैछु ।”