शनिबार, आश्विन १७ गते २०८३

आज ३५ अर्ब रुपैया तरलता प्रशोचन गर्दै राष्ट्र बैंक


माघ २३, २०८१ बुधबार
आज ३५ अर्ब रुपैया तरलता प्रशोचन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैया तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले २० दिने निक्षेप उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ३५ अर्ब रुपैया निक्षेप राख्न आउन आव्हान गरेको हो । 

वित्तीय बजारमा तरलता अधिक रहेको अवस्थामा राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरणको प्रयोगमार्फत मुद्राप्रदायमा संकुचन ल्याउने गर्दछ । 

घटीमा १० करोड रुपैयाँदेखि अधिकतम रकमसम्म बोल गर्न सकिने रकममा बोलकबोलमार्फत नै ब्याजदर कायम हुने छ । निक्षेप रकमको साँवा तथा ब्याज २०८१ फागुन १३ गते भुक्तानी हुने छ । 

यस्तो निक्षेप उपकरणकाे रसिद अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा राख्न पाउने व्यवस्था रहेको छ ।