शनिबार, आश्विन १७ गते २०८३

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने


माघ २२, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘बजेट ३६०’ प्रयोगमा ल्याउने

 

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘बजेट ३६०’ सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ । बैंकले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको सो बजेट सूचना व्यवस्थापन प्रणालीका लागि सम्झौता गरेको हो । 

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा बृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्‍याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


इन्फोडेभलपर्सका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको जनाउँदै सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्‍याउने समेत जानकारी दिए ।

‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम ९सीबीएस० सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।