बुधबार, भाद्र ३ गते २०८३

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश दिने


माघ २२, २०८१ मंगलबार
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत नगद लाभांश दिने

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने कम्पनीले लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि शेयरहोल्डरलाइ वितरण गरिनेछ ।