मुलुकको विप्रेषण आप्रवाहमा ४.१ प्रतिशतले वृद्धि भई रु. ७ अर्ब ६३ अर्ब ८ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिको आर्थिक तथा वित्तीय परिदृष्य विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
यस अवधिमा खुद ट्रान्सफर रु. ८ खखर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो । वैदेशिक रोजगारीमा जानका लागि अन्तिम संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रमस्वीकृति लिएर २ लाख ६ हजार ३९० जना र पुनः स्वीकृतिमा १ लाख ३३ हजार ९४० जना वैदेशिक रोजगारीमा गएका थिए ।
यस अवधिमा चालु खाता रु. १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
नेपालपत्र संवाददाता