शनिबार, कार्तिक ८ गते २०८३

राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने


माघ २०, २०८१ आइतबार
राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने

अधिक तरलताको व्यवस्थापन  गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । केही समय यता बैंक तथा वित्तीय संस्थाहरुमा  लगानी योग्य पुँजी वृद्धि भएर गएको छ  ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६७ खर्ब ३ अर्ब नाघ्दा   कर्जा लगानी  ५४ खर्ब १५ अर्ब पुगेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी गर्न  योग्य पुँजी  ७ खर्बमाथिको  रहेको छ । तर, बजारमा आएको आर्थिक  मन्दीले  गर्दा व्यवसायीहरु ऋण लिएर नयाँ उद्यम गर्न इच्छुक देखिदैँनन्।