शनिबार, आश्विन १७ गते २०८३

बैंकहरूको नाफा घट्दा सरकारी राजश्वमा कमी


माघ १८, २०८१ शुक्रबार
बैंकहरूको नाफा घट्दा सरकारी राजश्वमा कमी

 

नाफामा गिरावट आएसँगै वाणिज्य बैंकहरूले तिर्ने आयकरमा पनि कमी आएको छ। चालु चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ‘क’ वर्गका बैंकहरूले १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ राजश्व बुझाएक छन् । जबकि गछ आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना अविधमा राजश्व रकम १२ अर्ब ६६ करोड १४ लाख१२ अर्ब ६६ करोड १४ लाख थियो । राजश्वमा २.३३ प्रतिशतले घटेको देखिन्छ । 

यस अविधमा बाणिज्य बैंकहरूको कुल नाफा ३.९२ प्रतिशतले घटेर ३९ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४१ अर्ब ४२ करोड रुपैयाँ थियो।

वाणिज्य बैंकहरूले नाफाको ३० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको छ। दोस्रो त्रैमाससम्म नबिल बैंकले सबैभन्दा धेरै रू. १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ कर तिरेको छ भने सबैभन्दा कम एनआईसी एसिया बैंकले ६ करोड ५० लाख रुपैयाँ कर तिरेकाे छ।