वित्तीय बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्ने भएको छ ।
राष्ट्र बैंकले ३० अर्ब रुपैयाको बोलकबोलमा सहभागि हुन बैंक तथा वित्तीय संस्थाहरुलाई आव्हान गर्दै सूचना निकालेको हो ।
२०८१ माघ १५ गते मध्यान्ह २ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत संस्थाहरुले बोलकबोल गर्न सक्ने सूचनामा जनाइएको छ ।
निक्षेप गरिएको रकम साँवाब्याजसहित फागुन ६ गते फिर्ता हुनेछ । घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
नेपालपत्र संवाददाता