शनिबार, आश्विन १७ गते २०८३

ज्योति विकास बैंकका ग्राहकलाइ सिग्मा डायग्नोस्टिक ल्याबमा ४० प्रतिशतसम्म छुट


माघ १४, २०८१ सोमबार
ज्योति विकास बैंकका ग्राहकलाइ सिग्मा डायग्नोस्टिक ल्याबमा ४० प्रतिशतसम्म छुट

 

ज्योति विकास बैंक लिमिटेड र मध्यपुर थिमीमा रहेको सिग्मा डायग्नोस्टिक प्रयोगशालाबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकलाइ सो प्रयोगशालामा विविध सेवा लिँदा छुट दिइने भएको छ । सम्झौतापछि बैंकका ग्राहकहरूले उक्त डायग्नोस्टिक प्रयोगशालामा ४० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

बैंकले मुनाफाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।