आइतबार, आश्विन १८ गते २०८३

यस्तो छ तीन दिनकाे मौसम पूर्वानुमान, बिहानको समयमा सतर्कता अपनाउन आग्रह


माघ १३, २०८१ आइतबार
यस्तो छ तीन दिनकाे मौसम पूर्वानुमान, बिहानको समयमा सतर्कता अपनाउन आग्रह

 

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले नेपालका कतिपय स्थानमा आंशिक बदली तथा हुस्सु एवं कुहिरो लाग्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउनुपर्ने जनाएको छ । 

महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानका अनुसार आज कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

सोमबार देशभरका हिमाली क्षेत्रमा आंशिक बदली रही पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने छ । 

मंगलबार कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक(दुई स्थानमा फाटफुट देखि हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।