नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन शुक्रबारसम्म अध्यक्ष बन्न चाहन १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।
बिमा क्षेत्रको नियमनकारी निकाय प्राधिकरणको अध्यक्षका लागि पूर्वअध्यक्षदेखि कार्यकारी निर्देशक, नेपाल सरकारका केही पूर्वसचिव तथा बीमा व्यवसाय क्षेत्रकै व्यक्तिहरूले पनि आवेदन दिएका छन् ।
आवेदन दिनेमा कमलप्रसाद रेग्मी, डा। देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाइं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल, विनोदकाजी श्रेष्ठ लगायत रहेको जनाइएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएका हुन् ।
समितिले आवेदकमध्येबाट सर्ट लिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाई अन्तर्वार्ता लिएर तीन जनाको नाम सिफारिस गर्ने जनाएको छ । समितिको सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रीपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ ।
नेपालपत्र संवाददाता