आइतबार, आश्विन १८ गते २०८३

अर्थतन्त्र दवावमा रहेको अर्थमन्त्री पौडेलद्वारा स्वीकार, सुधारका लागि पहल थालेको दावी


माघ १०, २०८१ बिहीबार
अर्थतन्त्र  दवावमा रहेको अर्थमन्त्री पौडेलद्वारा स्वीकार, सुधारका लागि पहल थालेको दावी

अर्थमन्त्री विष्णु पौडेलले केहि समयदेखि मुलुकको अर्थतन्त्र दवावमा रहेको स्वीकार गरेका छन् । राष्ट्रिय बाणिज्य बैंकले आयोजना गरेको ६०औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अथतन्त्र दवावमा रहेको र त्यसलाई चिर्न सरकार लागि परेको उल्लेख गरे । उनले भने, ‘सरकारको प्रयासले अर्थतन्त्रमा केही सुधार आएको छ,तर त्यसमा हामी चित्त बुझाएर बस्ने अवस्थामा छैनौं। समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन लागेको छौं। उत्पादन वृद्धि, रोजगारी सृजना र सवल राष्ट्रिय अर्थतन्त्र बनाउने कुरामा हामीले द्रुत गतिमा  काम गरिहेका छौं।’

बैंक तथा वित्तीय संस्थामा जम्मा भएको तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने क्षेत्रमा लगानी गर्न उनको आग्रह छ । अहिलेको सरकार औसत काम गरेर बस्ने पक्षमा नरहेको भन्दै मन्त्री पौडेलले समस्याको थुप्रै चाङ रहेको र त्यसलाई एक एक गरेर पन्छाउने जनाए । छोटो समयमा दुरगामी उपलब्धीहरु हासिल गर्न सरकारले चाहेको र अर्थत्नत्रका क्षेत्रमा भएका समस्याहरुलाई प्रभावकारी रुपमा संवोधन गर्न  लागि परेको  उनले बताए ।

सरकारले परिणाममुखी ढंगले काम गर्न चाहेको र अध्यादेश मार्फत २९ वटा ऐनमा संशोधन गरेको बताए। ती अध्यादेशहरु सदन सुरु भएको पहिलो दिनमा टेबुल गर्ने तथा केही सदन र केही प्रतिस्थापन विधेयक मार्फत संशोधन सहित पारित गर्ने उनले जानकारी दिए ।