नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपयले बैंक तथा वित्तीय संस्था समस्या रहेको भन्दै अफवाह फैल्याउने गरेको बताएका छन् । राष्ट्रिय बाणिज्य बैंकले ६० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाको विरुद्धमा अनावश्यक कुराहरु सामाजिक सञ्जालमा राख्ने गरेकोप्रति आपत्ति जनाए ।
यसले गर्दा सर्वसाधारणमा भ्रम सृजना भएको भन्दै उनले कुनै वित्तीय संस्थामा समस्या आयो भने त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मेवारी आफुहरुको भएको प्रष्ट पारे । राष्ट्र बैंकले अनुगमन गरेको वित्तीय संस्थाका कुनै पनि निक्षेपकर्तालाई समस्यामा पर्न नदिने समेत उनले प्रष्ट पारे । उनेल थपे,‘ यो हाम्रो प्रत्याभूति हो, त्यही अनुसार हामीले स्रोत साधनको प्रयोग गरेका हुन्छौं । सोही अनुसार नियमन, सुपरीवेक्षण र निरिक्षण गर्छौ । बाहिर आएका हल्लाको पछाडि कोही पनि लाग्नु हुँदैन ।’ बैक तथा वित्तीय संस्थामा उत्तरचढाव आउने र त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै गभर्नर अधिकारीले अप्ठ्यारो परेको बेला कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताए । यसमा राष्ट्र बैंक गम्भिर रहेको र हरेक वित्तीय संस्थालाई नजिकबाट हेरिराखेको उनको भनाई छ ।
आर्थिक क्रियाकलापमा सिथिलता आएकाले केही वित्तीय संस्थाको वित्तीय सुचाङ्कहरुमा तलमाथी हुनु स्वाभाविक भएको उनले जनाए । बैंक तथा वित्तीय संस्थाले प्रयाप्त प्रोभिजन गरेको र अन्य मुलुकको तुलनामा हाम्रा वित्तीय संसथाहरुको अवस्था पनि त्यति नराम्रो रहेको उनको भनाई छ । ‘कुनैपनि निक्षेपकर्तालाई हामी डुब्न दिँदैनौं,त्यस कारण हल्लाको पछि नलाग्नुस् । अप्ठ्यारो परको संस्थाको हकमा इस्युलाई हेरेर निर्णय लिन्छौ । वित्तीय सुशासनको हकमा हामी कारवाही नै गछौं ,अरु प्राविधिक कारण छन् भने त्यसलाई व्यवस्थापन गर्ने उपाय खोज्छौं’ उनले भने ।
नेपालपत्र संवाददाता