बुधबार, भाद्र ३ गते २०८३

आक्रामक नीतिकासाथ ट्रम्पको अमेरिकी अग्रसरता

माघ ९, २०८१ बुधबार
आक्रामक नीतिकासाथ ट्रम्पको अमेरिकी अग्रसरता

अमेरिकी राष्ट्रपतिको रुपमा पुनः डोनाल्ड ट्रम्पले आफ्नो नयाँ जोश र स्फूर्तिकासाथ दोश्रो पटक कार्यारम्भ गरेका छन् ।उनको सपथग्रहण अभिभाषणका बेला उनले के भरोसा दिलाउन खोजेका छन् भने अब ‘अमेरिका स्वर्ण कालमा फर्कनेवाला’ छ । यद्यपि उनले पहिला चुनाव प्रचारका बेलामा पनि पटक पटक के दोहोराउने गरेका थिए भने उनी सत्तामा आए पछि ‘अमेरिका पहिलाे' नीति’मा काम गर्नेछन् । अनि सत्ताको बागडोडर सम्हाल्ने बित्तिकै यस कुरालाई ब्यवहारमा उतार्न पनि थालेका छन् ।
 सपथग्रहण सिद्धिने बित्तिकै उनले सीमानाबाट हुने घुसपैैठ रोक्नका लागि सीमा संकटकाल लगाएका छन् । अनि बिश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग तुल्याएका छन् । त्यसरी नै पेरिस जलवायु सम्झौता अमान्य भनेका छन् । यसका साथै ब्रिक्स देशहरुलाई चेताउनी दिएका छन् कि यदि ती देशमध्ये कसैले पनि अमेरिकी हित बिरुद्ध चल्ने कोशिश गरे भने तिनले त्यसको गम्भीर परिणाम भोग्नु पर्ने धम्की पनि पनि दिएका छन् । आब्रजन सम्बन्धि नियम–कानुलाई पनि उनी कडा बनाउन चाहन्छन् । उनले अमेरिकामा निर्यात गर्ने कतिपय देशहरुलाई चर्को ब्यापार शुल्क लगाउने पनि घोषणा गरेका छन् र अरु देशहरुप्रति पनि उनले यस्तै ब्यवहार गर्ने जनाइसकेका छन् ।यसै बीच उनले आफ्नो प्रशासन संयन्त्र पनि फटाफट परिबर्तन गर्न थालेका छन् । त्यसैले सारा संसारको नजर यतिबेला ट्रम्पको अमेरिकामाथि केन्द्रित रहेको देखिन्छ ।

Trumpameik.webp
 आफ्नो पहिलो कार्य कालमा पनि डोनाल्ड ट्रम्प अमेरिका केन्द्रित नै थिए । त्यसैले यो कुनै कुराचाँही अबश्य होइन । त्यतिबेला पनि उनले बाणिज्य ब्यापार लगायतका आर्थिक कारोबार र आब्रजन सम्बन्धि नीतिहरुलाई निकै कडा बनाउने कोशिश गरेका थिए । यद्यपि उनले बिश्व दबाबका कारण उनले त्यति बेला पनि एच.१बी भीसा खारिज गर्ने घोषण  या समाप्त पार्ने घोषण फिर्ता लिनु परेको थियो । यस पटक पनि औपचारिकरुपमा कार्यभार सम्हाल्नु अघिदेखि नै उनले यो भिसा समाप्त पारिने घोषण गरिसकेका हुन् । तर उनका सहयोगी एलन मस्कको दबाबले गर्दा त्यत्तिका बढी ट्रम्पले जोड दिेएको भने देखिएको छैन । यद्यपि उनले नागरिकता र आप्रजनन(अर्थात आप्रबासन) कानुनमा कडाई गरिने घोषणा भने गरिसकेका छन् । कुरा एकदमै स्पष्ट छ कि यो उनको घोषणा लागु हुँदा अमेरिका प्रबासनमा रहेका धेरै बिदेशीहरुले अमेरिका छोड्नुपर्ने र आफ्नै देश फर्किनुपर्ने हुन्छ । त्यसो हुनसक्ने आशंका त्यहा बसेका बिदेशी मूलका नागरिकहरुले गरिरहेका पनि छन् । यी सबै कुरामा अमेरिकाले चीनलाई जस्तो भारतलाई कडा गर्दैन भन्नेमा बिगतको अनुभवका आधारमा भारत ढुक्क जस्तै देखिन्छ । तर ट्रम्प जसरी आक्रामक ढंगले दोश्रो आफ्नो कार्य कालका लगि प्रस्तुत देखिन्छन् भारतले पनि सन्देह भने गरिरहेको नै प्रतीत हुन्छ ।
 यतिबेला बिश्वमा के कुरा एकदमैरुपमा प्रष्ट भइरहेको छ भने बिश्वमा अमेरिकासँग प्रतिस्पद्र्धी चीन हो । ट्रम्पले बारम्बार चीनले अमेरिकाबाट धेरै फाइदा उठायो तर अमेरिकालाई कम फाइदा दियो र असन्तुलन पैदा गर्यो भन्ने कुरा बारम्बार उठाउँदछन् र त्यसैकारण चिनीयाँ बस्तुमा ठूलो शुल्क लगाउने तयारी गरिरहेका छन् । बिश्व स्वास्थ्य संगठनबाट बाहिर निस्कदा पनि उनले यही कुरा उल्लेख गर्न छोडेनन् । बिगतमा कोरोना माहामारीको समयमा पनि उनले बिश्व स्वास्थ्य संगठनकलाई पक्षपातपूर्ण प्रबृत्तिको भनेर कुरा उठाएका हुन् । त्यसरी नै पेरिस जलवायु सम्झौतालाई पनि चिनीया चाल भन्न उनले बाँकी राखेनन् । तर पनि चीनका बिरुद्ध कुनै पनि कदम उठाउनभन्दा पहिला ट्रम्प प्रशासनले उनकै सहयोगी एलन मस्कसँग टकराउनु पर्ने स्थिति रहेको जानकारहरु उल्लेख गर्ने गर्दछन् । किनभने मस्कको सबैभन्दा कारोबार चीनमा रहेको छ । उनी जस्तो किसिमले जबर्जस्त र आक्रामक देखिन्छन् तर ब्यबहारमा त्यसलाई परिणत गर्दा उनले तीनपटक सोच्नु पर्ने स्थिति छ ।