नेपाल राष्ट्र बैंकले आज ९० अर्ब रुपैयाको निक्षेप संकलन बोलकबोलमा आउन बैंक तथा वित्तीय संस्थाहरुलाई आव्हान गरेको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप उपकरणको बोलकबोल तथा निष्काशनमा सहभागि हुन सूचना जारी गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैया निक्षेप राख्नको लागि ब्याजदर बोलकबोल गर्न सक्नेछन् । निक्षेप रकमको साँवा तथा ब्याज भुक्तानी २०८१ माघ ३० गते हुने सूचनामा जनाइएको छ ।
वित्तीय बजारमा अधिक तरलता भएको अवस्थामा राष्ट्र बैंकले विभिन्न वित्तीय उपकरण प्रयोग गरी तरलता खिच्ने गर्दै आएको छ ।
नेपालपत्र संवाददाता