शनिबार, आश्विन १७ गते २०८३

हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट


माघ ८, २०८१ मंगलबार
हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट


हिमालयन बैंक लिमिटेड र बुद्ध एयर बीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र बुद्ध एयर बीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । 

बैंकका कार्डबाहक तथा ग्राहकहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटका बारेमा बैंकको आधिकारिक वेबसाइटबाट जानकारी लिन सक्ने बैंकले जनाएको छ।