शनिबार, कार्तिक ८ गते २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो २ अर्ब ८३ करोड नाफा


माघ ७, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो २ अर्ब ८३ करोड  नाफा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत  आर्थिक बर्षको  सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको  यस अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । यसले नाफा बढाउन सहयोग पुगेको देखिएको छ । 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ। ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ छ ।पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ।