शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्र सकारात्मक दिशामा छ, अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको छः अर्थमन्त्री

माघ ६, २०८१ आइतबार
अर्थतन्त्र सकारात्मक दिशामा छ, अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको छः अर्थमन्त्री

 

प्रेस भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम लाइ ब्रिफिङ गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बर्तमान सरकारले ओरालो लागिरहेको अर्थतन्त्रलाइ थप ओरालो लाग्न बाट जोगाएको र क्रमशः सकारात्मक दिशामा अग्रसर गराएको बताएका छन् ।  

अर्थमन्त्रालयले देशको वर्तमान आर्थिक अवस्थाबारे नियमित अपडेट गराउने र सरकारको शिफारिषमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका ५ वटा अध्यादेशबाट २८ वटा कानुनमा संशोधन गरेको मध्ये आर्थिक विषयवस्तु के–के सम्बोधन भएका छन् भन्ने विषयमा जानकारी दिलाउन प्रेस मिट गरेको हो । 


वर्तमान सरकार बन्दा धेरैजशो आर्थिक सूचकहरू नकारात्मक रहेकोमा अवस्थामा ओरालो लागिरहेको अर्थतन्त्रलाइ थप ओरालो लाग्न बाट जोगाएको र क्रमशः सकारात्मक दिशामा अघि बढाएको अर्थमन्त्री पौडेलको भनाइ थियो । अर्थ मन्त्रालयले कहिलेपनि तथ्यांकमा तलमाथि गरेर प्रस्तुतिकरण गर्ने नगरेको जनाउँदै उनले भने ‘अर्थ मन्त्रालयले तथ्यांकमा खेल्दैन । तथ्यले जे बताएको छ त्यही नै प्रस्तुत गर्छ ।’

सार्वजनिक संस्थानहरूमा जुन समस्यामा छ त्यस्को ब्याख्या गरेर बस्ने हैन प्रभावकारी सञ्चालन गर्ने , लगानी बढाउने, रोजगारी बढाउने विषयमा सरकार अगाडि बढ्ने सोचाइमा रहेको मन्त्री पौडेलले जनाए । 

बैंकिङ क्षेत्रको ऋण लगानी क्रमशः बढ्दै गएको भन्दै उनले केही बैंकहरू समस्या देखिएको स्वीकार गरे त । तर बैंकहरू डुब्दैछन् भन्ने अनावश्यक होहल्ला हुन नदिन उनले पत्रकारहरूलाइ अनुरोध गरे । उनले भने, ‘बैंक र अर्थतन्त्र डुबेको छैन, डुब्दैन त्यसमा ढुक्क हुनुस् , अनावश्यक हल्ला नफिजाउँ ।’

निर्माण क्षेत्रलाइ तिर्नुपर्ने अघिल्लो वर्षसम्मको भुक्तानीको दायित्वको लगभग फरफारक भइसकेको र त्यसका लागि कसैले आन्दोलन गर्नुनपर्ने उनले उल्लेख गरे । 

निजी क्षेत्रको मनोबल उकास्न सरकारले हरतरहले प्रयास गरेको उनले बताए । अध्यादेशमार्फत पञ्चायतकालदेखि पेण्डिङ रहेका समस्या सुल्झाउने र फुकाउने काम यसकै एक कडी भएको उनले जनाए । सरकारप्रति निजी क्षेत्रको भरोसा बढेको फिलिङ आफूले गरेको उनले जनाए । 

वर्तमान गठबन्धन सरकारले हालै ल्याएको अध्यादेश युगिन र ऐतिहासिक रहेको जिकिर मन्त्री पौडेलको छ । सरकारले 
कुनै जस प्राप्त गर्न नभइ ऐतिहासिक अभिभारा पूरा गर्न अध्यादेश ल्याएको दाबी उनको थियो । 

विभिन्न अध्यादेश मध्ये ३ वटा आर्थिक क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने रहेका छन् । आर्थिक तथा व्यावसायिक बातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्ध्ी केही नेपाल कानुनलाई संशोधन गर्ने अध्यादेश २०८१, निजीकरण(पहिलो संशोधन) अध्यादेश २०८१ र आथिृक र्काविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन) २०८१ रहेका छन् ।