
शिब भटराई
‘पींधै नभएको लोटा’ भएकोमा गनिएको मध्यम बर्गी राजनीतिक दर्शन बोकेर त्यो पनि समाजबादी द्वन्द्वबादी बिचारलाई अँगालेको भ्रम छर्दै – नेपालको राजनैतिक आकाशमा झापाबाट उदाएको थियो र त्यसको भ्रूण – पुष्पलालको बिरोधबाटै पोषित भएको थियो । फोटो मार्क्स एंगेल्स, लेनिन र माओकोसँगै चारु मजुमदारको थपिएको भए पनि ! अब यी कुरा ब्यतित र अतित भए तर नेपालमा पुष्पलालको दूरदृष्टिले देखेको र लेखेको ‘संयुक्त संघर्ष’को बाटो हिडेर सफलताको चुचुरो छुनछुन खोजेको – एमाले र त्यसको नेतृत्व बर्गको स्खलनले अहिले यस्तो बिद्रूप रुप लिएको छ – त्यसलाई यसो हेर्दा र अक्षरमा केर्दा – हामी जस्ता अल्पज्ञानीले पनि नचिताएको चिन्ता लिनुपर्ने देखिएको छ ।
हो, हिजो क्रान्तिकारी, परिबर्तनकामी, प्रगतिबादी संक्षेपमा समाजबादी –सोच र संगठनसित सम्बद्धहरुको – आशा, आकांक्षा र अभिष्ट यिनै र यस्तै समाजबादीहरुसित गाँसिएको थियो र त्यसका लागि – बिशेषतः नेकपा(नेपाल कम्युनिष्ट पार्टी)ले चलाएका र गरे गराएका – संघर्ष – आन्दोलन, बलिदान र समर्पणमा सम्मिलित भएका र नयाँ इतिहासकै रचना गरेका थिए ।त्यो इतिहास बिर्सिसकएिको छैन । यसरी सत्ताकामी र भोगीहरुले बिर्सेए पनि । तर नबिर्सिएको ढोंग भने अझै गर्न सक्छन् ।
निश्चय पनि सत्ता सुखले – पथ बिचलनलाई नै निम्त्याउने हो र यसमा मध्यम बर्ग नै बढी आसक्त हुन्छ । यो बर्गीय समाजको बर्गीय चरित्र नै हो । हाम्रो जस्तो समाज–संरचना भित्र जातजाति, धर्म परम्परा,मूल्य मान्यता भित्र हालिमुहाली गर्ने मध्यम बर्गनै धेरै छन् र त्यसभित्र पनि अझै खस आर्यको प्रभूत्वले त निकै ठूलो खेल खेलेको छ । त्यसैले, आज सतहमै देखिएका राजनीतिक खेलाडीहरुको – राजनीतिक नैतिकताको नीतिबिहीनता आश्चर्य – भन्दा लाज लाग्दोरुपमा निर्बस्त्र भएको छ र दम्भ, अहंकार औसरबादी नेतृत्वको अलंकार भएको छ ।
बिगतमा राजनीतिमा नैतिकताको स्खलन – प्रचलित राजनीतिक दर्शनसित निरपेक्ष चिन्तनको प्रबेशलेभन्दा — मध्यम बर्गीय – सापेक्ष चिन्तनले प्रबेश गराएको कुरा हो र यसका खेलाडीहरु पनि मध्यम बर्गीय ढुलमुले पिँध नभएको ‘लोटा’ प्रबृत्ति नै हो ! यो प्रबृत्तिले आदर्श, सिद्धान्त,नीति र निष्ठालाई नै चिन्दैन । स्वार्थ, पद,प्रतिष्ठा र प्रचारसित मात्र नाता जोडिएको हुन्छ । हुन त यसो भने पनि हाम्रो आजको राजनीतिक सोच र ‘मन’ले यस्ता ‘सोच’हरुलाई अब्यबहारिक चिन्तनको परिणाम भन्दछन् । तर ब्यवहारप्रबीण राजनीतिज्ञले खेलेको ब्यबहारिक ‘कूटनीति’ भनेको पनि त – भारतीय कुशल जासुस’ सामन्त गोयलको ‘मध्यरात्री मिलनको’ छद्म प्रकरण त हो ।
हामीले गणतन्त्र स्थपान र राजतन्त्र उन्मूलनको कुरा अरु बेला मनै मनका कुरा भए पनि – नेपाल कम्युनिष्ट पार्टीको – स्थापना कमरेड पुष्पलालले गरेदेखि नै सचेत नेपाल बुद्धिजीवीहरुले सोच्दै नसोचेको कुरा थिएन । त्यसैले नेकपाको स्थापनाको सन्दर्भसित जोडिएर राजा र राजसंस्थासित भर बिश्वासमा नपर्ने – सन्देश पनि त्यति बेलै नेकपाले दिएको थियो । यद्यपि नेकपाको तत्कालीन कार्यनीति राणातन्त्रको उन्मूलन र पूँजीवादी प्रजातन्त्रकै भए पनि स्थाा गर्नु थियो ।तर प्रजातन्त्रकै जीवन्तताका लागि मरिमेट्ने – मध्यम बर्गीय मानसिकताले लोकतन्त्रको बर्को ओढेर भएपनि गणतन्त्र र गणतन्त्रात्मक संबिधानलाई अफाप भउको सिद्ध गराउन ठाउँ ठाउँ र गौैंडा गौंडामा बल्छी थापेर बल्झाउन र अल्झाउन तम्ततयार भएर बसेकाहरुको के औचित्य ? शाह र राणाको कारिन्दा हुँदा देखेको सेनाका बूट र पण्डित बाजेका पाप–धर्मका – पोका पन्थराहरुले पोषित राजा महाराजाहरुका कमर्म कुकर्महरुका गाथा–के इतिहासबाटै हटाउन सक्छन् र ?सक्दैनन भने एनकेन नेपालीहरुकै रगत पसिनाबाट स्थापित गणतन्त्र र संबिधानलाई नकारात्मक औंला देखाउनेहरुलाई हसाउने किन ?
हुन त मार्क्सहरुले समाजमा हुने बर्गीय द्वन्द्वहरुको शल्य क्रिया गर्दा मध्यम बर्गको ढुलमुले चरित्रतालाई निकै गहिरो र फराकिलो गरी खुट्याइसकेका थिए र हामीले अहिले हाम्रै समाजमा खाशगरी राजनीति त्यो पनि नेकपा भित्रको सत्ता राजनीतिको खेलमा झेल र गर्न खप्पिस केपी ओली प्रबृत्ति र सँगसँगै उनका कारिन्दाहरुको चरित्रबाट माधब नेपाल, प्रचण्ड र झलनाथ खनाल आदि समेतले पार्टी बिभाजनसम्म गर्नु परेको अबस्था भित्र मध्यम बर्गीय चरित्रको मूख्य भूमिका छर्लङ्ग हुन्छ ।‘पशुपति नाथ’मा क्षमा पूजा, ८०/९० किलो सुनको जलाहारी, राम मन्दिरको निर्माण — शायद ओलीजीले आँटेका काम सबै सिद्ध भएका भए — शायद अश्वमेध यज्ञ पनि गर्नु हुन्थ्यो कि ? कोटी होम र तुलादान त निश्चय पनि गर्नु हुन्थ्यो होला । यी सबै काम कुराहरुको उद्गमस्थल र उर्बर भूमि भनेको समाजभित्रै सदा जस्तै सहिरहने मध्यम बर्ग नै हो । माक्र्सबादको उदय कालको यूरोपेली समाज पनि मध्यम बर्गको राजनीतिक खेल मैदान जस्तै थियो ।
पूँजीवादको चरम उत्कर्ष र मजदूर बर्गको – संगठित संघर्षको बीचमा परेकाले – शक्ति, सहिष्णुता, सहयोग, सद्भाव, उदारता जस्ता उदारबादी पूँजीवादको छहारी मुनि बसेर सुस्ताएको मात्र के थियो, अझ थप पहिलो र दोश्रो बिश्व युद्ध—रुसी समाजबादी क्रान्ति, एशिया र दक्षिण अमेरिकाका साम्राज्यबाद बिरोधी संघर्षले यसै ओइलाउदै गएको थियो । तर पनि सोशल डेमोक्रेट र फेबियन सोशलिष्टको छत्र छायाँ भित्र समाजबादको मृगतृष्णमा दगुरिरहेका थिए । त्यो मध्यम बर्गको चरित्रको केको नयाँ खालको समाजबादी राजनीति सीकेलालको शब्दमा सेता कमिजधारी भनौं अथवा तरमारा बर्गहरुको शीरपोष भएका नेकपा भित्रका नेतृत्व बर्गबाट — त्राण पाउन — नेपाली राजनीतिले आउँदो चुनाबलाई मत्र पर्खेर पुग्दैन । साँचो समाजबादी राजनीतिक यात्रा धेरै लामो हुन गएको छ ।