शनिबार, कार्तिक ८ गते २०८३

ऊर्जामा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह


माघ ४, २०८१ शुक्रबार
ऊर्जामा ढुक्क भएर लगानी गर्न  प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ‘इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे । ’

उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केहि गरेको भन्दै आभार व्यक्त गरे । ‘देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पुर्‍याउन खोजेका हुन्छन् । तपाईहरुले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । गर्‍यो भने हुन्छ भन्ने सफलताका कथाहरु भनिरहनु भएको छ,’ उनले भने, ‘९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’ 

उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन् । ‘ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ ।धौ वादीबाट फलाम खानी उत्खनन हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिदैन्,’ उनले भने, ‘मल उद्योग खोल्नुछ । अरु उद्योगहरु ब्युताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’

प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो? भन्दै प्रश्न गरे । ‘ ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो । ६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ उनले भने,’प्राकृतिक रुपले सम्पन्न छौं । विकास चाहिन्छ वातावरण चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ। संगसंगै विकास पनि गर्नुछ । ‘ ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर समेत उनले बताए ।