देशका प्रमुख चार वटा मुख्य भन्सार नाकाबाट २०८१ पौष मसान्तसम्म ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले लक्ष्यको ७५ प्रतिशत राजस्व मात्र सङ्कलन गर्न सकेका हुन् ।
समग्रमा सरकारले चालु आर्थिक वर्षको ६ महिनामा पाँच खर्ब ५९ अर्ब राजस्व सङ्कलन गरेको छ । जसमा भारततर्फका वीरगञ्ज, विराटनगर, मेची भन्सार र चीन तर्फको तातोपानी भन्सारले लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन्। भन्सार प्रमुखहरुले गत वर्षको तुलनामा भने भन्सारमा राजस्व वृद्धि भएको बताएका छन् ।
चालु आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । जसअनुसार चालु आर्थिक वर्षको पौष मसान्तसमम महिनामा ६ खर्ब ७२ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सो पूरा भएको छैन । सरकारको लक्ष्य पूरा हुनका लागि बाँकी ६ महिनामा आठ खर्बको राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।
नेपालपत्र संवाददाता