* महाभारत कालमा पितामह भीष्मले इच्छामृत्यु रोजेकाे दिन,
* किरांत राजा यलम्बरले ई.पू. १५०० मा काठमाडौं उपत्यकामा किरात राज्य स्थापना गरेको दिन,
*भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए; (त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिएको)।
* शास्त्रीय नाम मकर सङ्क्रान्ति, जनजिब्रोमा माघे सङ्क्रान्ति, थारु जातिले 'माघी', मधेशीले 'तीला', मगरले 'माघ्या'/'सेर्ल्हेस', नेवारले 'घ्यःचाकु संल्हु', लिम्बूले कःक्फेक्वा तङ्नाम, आफ्नो नव वर्षको रुपमा मनाउने।
* नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ सबै जातिको साझा पर्व हो माघेसंक्रान्ति।
* नेपालभर नदी तथा दोभानमा स्नान गर्ने भक्तजनहरू यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई आदिमा मेला भर्ने गर्दछन्।
* भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु लगायतका धर्मग्रन्थमा यस दिनको महिमा उल्लेखित छ।
* माघ १ गते राष्ट्रिय योग दिवस पनि ।
यो राष्ट्रिय चाडका साथै सबै चाडपर्वलाई सरल र किफायती ढाँचामा मनाऔं; हार्दिक शुभकामना !
चन्द्रमणि गाैतम