शनिबार, कार्तिक ८ गते २०८३

साना किसान विकास लघुवित्तको २३औं साधारण सभाद्वारा १४ प्रतिशत बोनस शेयर पारित


पौष २४, २०८१ बुधबार
साना किसान विकास लघुवित्तको २३औं साधारण सभाद्वारा १४ प्रतिशत बोनस शेयर  पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर दिने भएको छ । संस्थाको २३औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा रु.७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ।व वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ ।

यसैगरी आ.व. २०७९/८० मा कुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् । १२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफल यस संस्थामा दलित १२५, जनजाति ३४५ र अन्यको ५४५ रहेकोमा महिला सहभागिता ८०५ रहेको छ ।