शनिबार, आश्विन १७ गते २०८३

दैलेखमा प्राकृतिक ग्यासको भण्डारण फेला परेको संकेत


पौष २१, २०८१ आइतबार
दैलेखमा प्राकृतिक ग्यासको भण्डारण फेला परेको संकेत

 

दैलेखमा जिल्लाको भैरवी गाउँपालिका ग्यास भण्डारणको सङ्केत भेटिएको छ।  गत बैशाखदेखि त्यहाँ पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम चलिरहेको थियो । शनिबारसम्म चार हजार १३ मिटरको गहिराइसम्म ड्रिलिङ गर्दा ग्यासको भण्डार रहेको संकेत मिलेको हो । ड्रिलिङपछि नमुना निकालिएको र अब कति मात्रामा ग्यास रहेको छ र आर्थिक रूपमा कतिको लाभ लिन सकिन्छ, भनेर अनुसन्धान भइरहेको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

गत वैशाख २३ गतेदेखि अन्तिम चरणको ‘ड्रिलिङ’ को काम सुरु गरिएको थियो । मेसिनले खनेर पेट्रोलियम पदार्थ भए÷नभएको पत्ता लगाएको छ । चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास नै भएको पत्ता लागेको पेट्रोलियम पदार्थ आयोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट सुरेश श्रेष्ठले जानकारी दिए ।  ड्रिलिङपछि नमुना निकालिएको भन्दै उले ड्रिलिङ गर्दा निस्किएको नमुना चीनको ल्याबमा पठाइएको छ ।

पेट्रोलियम पदार्थ हुनसक्ने भन्दै चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीले भौगर्भिक अध्ययन गरेको अन्वेषण परियोजनामा सिएनपिसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो । श्रेष्ठका अनुसार चीनबाट नमुनाको परीक्षणपछि व्यावसायिक रूपमा उत्खनन् हुने नहुनेमा स्पष्ट हुनेछ । ड्रिलिङको काम सकिएपछि आजसम्म उक्त स्थानमा गरेको कामका बारेमा समेटिएको डेटा र तथ्याङ्क एकै पटक निकालिनेछ । त्यसपछि ग्यास भण्डार भएको वा नभएको पत्ता लाग्नेछ ।