शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी जलविद्युतमा लगानी


पौष २१, २०८१ आइतबार
लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी जलविद्युतमा लगानी

लक्ष्मी सनराइज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्था र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच सम्झौता भएको छ।  १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा बैंकहरूले ऋण लगानी गर्ने विषयमा सम्झौता भएको हो । 

सम्झौतासँगै सहवित्तीयकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा। लि। बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्नेछन् । उक्त आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अपर मर्स्याङ्दी हाइड्रोपावर–१ ले विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्वकमा के सी ग्रुप र क्याल ग्रुप रहेका छन् ।

सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत रकम लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक र संस्थापकहरुको लगानी रहनेछ । लक्ष्मी सनराईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) काे प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने अपेक्षा गरिएको छ ।