गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको गरिमा म्युचूअल फण्ड अन्तर्गत “गरिमा समृद्धि योजना” बाँडफाड गरिएको छ । मूल्य रु.१० अंकित दश करोड इकाईहरु पौष ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ,५१० इकाईका लागि आवेदन प्राप्त भएको थियो ।
निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” को अधिनमा रहि वितरण गरिएको जनाइएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब पच्चिस करोड रुपैयाँ इकाई कायम गरिएको जनाएको छ ।
नेपालपत्र संवाददाता