शनिबार, कार्तिक ८ गते २०८३

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


पौष १७, २०८१ बुधबार
बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ  तरलता  खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज  बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ   तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले  पछिल्लो समय तगातार रुपमा बजारबाट निक्षेप उठाउँदै आएको छ ।  बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।  

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । २१ दिने निक्षेप संकलन उपकरणको माघ ९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।