काठमाण्डाै । चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चीकाे सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा चीन–नेपाल सीमापार रेलमार्ग परियोजनाले नेपाल र चीनलाई मात्र नभई समग्र चीन र दक्षिण एसियालाई नै जोड्ने हिमालयपार क्षेत्रमा गेम चेन्जर हुने बताएका छन्र ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् । भ्रमणका क्रममा 'जिलोङ/केरुङ–काठमाडौँ सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनलाई निरन्तर अघि बढाउने र चीन–नेपाल रेल्वे सहयोगसम्बन्धी नवौँ कार्य बैठक आयोजना गर्ने योजना' लगायत महत्वपूर्ण सहमति भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
चिनियाँ पक्षले रेलमार्गको क्षेत्रमा नेपाली व्यवसायीलाई तालिम दिन निरन्तर सहयोग गर्नेछ । दुवै पक्षले ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न पनि तयार रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
चीन–नेपाल द्विपक्षीय व्यापार र नेपालको आर्थिक विकासका लागि यो परियोजनाको महत्वबारे बोल्दै पौड्यालले भने, "रेलमार्गले चीन हुँदै नेपाललाई उपलब्ध पारवहन सुविधाको उपयोग गर्न सक्षम बनाउनेछ । यो रेलमार्गले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू-जडित मुलुकमा रूपान्तरण गर्नेछ,' उनले भने।
चीन–नेपाल द्विपक्षीय व्यापारमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा यो १३ अर्ब ५० करोड युआन रहेको चीनको जनरल एडमिनिस्ट्रेसन अफ कस्टम्सले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ । आयात र निर्यात दुवैमा स्थिर वृद्धि भएको छ ।
यसअघि हासिल भएका उपलब्धिलाई दृष्टिगत गर्दै रेल परियोजना शुरु भएपछि द्विपक्षीय व्यापार अझै बढ्ने सम्भावना रहेको उल्लेख गर्दै पूर्वनेपाली राजदूत पुनले रेलमार्गले नेपालका केही उद्योगलाई चिनियाँ उत्पादनको भ्यालु चेनसँग जोड्न मद्दत पुग्ने बताए । उनले भने, "यो रेलमार्गले नेपालको व्यापार र लगानीलाई पक्कै पनि बढावा दिनेछ ।
चिनियाँ पर्यटकका लागि नेपाल लोकप्रिय गन्तव्य बन्दै गएकाले यो रेलमार्गले व्यापारमात्र नभई पर्यटनमा समेत टेवा पुग्ने पौड्यालले बताए । नेपाल पर्यटन प्राधिकरणको तथ्याङ्कअनुसार नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् जसमध्ये नौ हजार ४५८ जना चिनियाँ छन् ।
नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ पक्षले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष का रुपमा घोषणा गरेकोमा समर्थन जनाएको चीन र दक्षिण एशियाली मुलुक चीनबीच पर्यटन क्षेत्रमा घनिष्ठ सम्बन्ध रहेको सङ्केत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
ग्लोबल टाइम्ससँगको अन्तर्वार्तामा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन–नेपाल रेलमार्गमा चिनियाँ र नेपाली दुवै खण्ड रहेको र दुवै पक्षले परियोजनाको प्रवद्र्धनका लागि प्रयास लाई तीव्रता दिइरहेको बताएका थिए ।
यसैबीच, दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रले आफ्नो १४औँ पञ्चवर्षीय योजना (२०२१–२५) अनुसार रेलमार्गको सिगाजे–जिलोङ खण्डलाई निरन्तर रूपमा प्रवद्र्धन गरिरहेको छ, जसमा जिलोङ बन्दरगाहमा रेलमार्गको योजना र निर्माण समावेश छ, चेनले भने, "सम्बन्धित परियोजनाहरूले नेपालको अर्थतन्त्रको अटोजेनिक क्षमतानिरन्तर वृद्धि गर्ने र नेपालको विकासलाई पखेटा दिने छ ।
चीन र नेपालबीच बढ्दो द्विपक्षीय सहकार्यको एउटा उदाहरण मात्र हो यो रेलमार्ग । पौड्यालले नेपालको विकास प्रयासमा चीनको सहयोग प्रशंसनीय रहेको बताए ।
'बेल्ट एण्ड रोड इनिसिएटिभ र चिनियाँ सहयोग दुवैनेपालको सामाजिक–आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ अघि बढेका हुन्। त्यसैले यो विकास पहललाई भूराजनीतिक मुद्दा बनाउने कुनै पनि प्रयासलाई हामी अस्वीकार गर्दछौं,' पौड्यालले भने, 'केही विदेशी सञ्चारमाध्यमले चीन–नेपाल सहयोगलाई बदनाम गरेको छ ।
(वेब सम्पादक: तियान यी, झोंग वेनशिङ)
नेपालपत्र संवाददाता