लुम्बिनी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले ३ प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।बैकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८१ लाख रहेको छ ।
नेपालपत्र संवाददाता