शनिबार, कार्तिक ८ गते २०८३

महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने


पौष १, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकले  सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने

महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ७  प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आज बसेको ६१० औं बैंठकले आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

बैंकको गत आर्थिक बर्षको असार मसान्तमा कायम रहेको चुक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाखको ७ प्रतिशत हुन आउने २९  करोड १९ लाख ९२ हजार  लाभांश वितरणको लागिरकम छुट्याएको जनाएको छ ।   जसमा बोनस ३ प्रतिशत र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।