बुधबार, भाद्र ३ गते २०८३

पर्बत श्रृंखलाको पारिस्थितिकी जोगाउन नसक्दाको दुस्परिणाम


मंसिर २९, २०८१ शनिबार
पर्बत श्रृंखलाको पारिस्थितिकी जोगाउन नसक्दाको दुस्परिणाम


विश्वका अधिकांश देशहरुमा पर्वतलाई अहिलेसम्म पनि देवताको रूपमा पूजा गर्ने गरिन्छ । तर आज यो पर्बत श्रृंखला अर्थात्  पहाड़को अन्धाधुन्ध निर्मम दोहनका कारणले अनेक समस्याहरु उत्पन्न भएका छन्। मानिसले भुलिसकेको छ कि पहाडको संरक्षण र सुरक्षाको जिम्मेवारी आफुले  लिनु पर्दछ । जलवायु परिवर्तन सम्बन्धि एउटा अन्तरसरकारी प्यानलका अनुसार यतिबेला ८४ प्रतिशत स्थानीय पर्बतीय  प्रजातिहरु बिलुप्त हुने संघारमा पुगिसकेका छन् । ‘संयुक्त राष्ट्र सघ दशक २०२१ – २०३० लाई’ प्रकृतिको यो स्खलन रोक्ने र फिर्ता ल्याउने दशक भनिएको छ । तर नेपालमा आज जसरी प्रकृतिमा स्खलन र क्षरण आइरहेको छ, जसरी बाढी पहिरोले बर्षेनी जसो सताइरहेको छ, जसरी मौसममा परिबर्तन भइरहेको देखिदैछ, जसरी चर्को गर्मी र तीब्र जाडो बढ्दै गएको छ त्यसले सरकार र अन्य सरोकारवालाहरुले प्रकृति–मैत्री र जन–मैत्री बिकासको बाटो लिएका छैनन् भन्ने नै देखिन्छ । 
 जलवायु परिर्बनको सबैभन्दा बढी असर पृथ्बी, पर्बत र पवन अर्थात् हावामाथि परेको छ । पृथ्बी तीब्ररुपमा तातिरहेको छ । मौसम असन्तुलित भइरहेको छ । प्राकृतिक बिपत्तिहरु ब्ढिरहेको देखिएका छन् ।पर्बतहरुको दोहन यत्तिका ज्यादा गरिएको छ कि अन्य सम्पूर्ण किसिमका प्राकृतिक दुर्घटनाहरु र समस्याहरु आलभोली दिनानुदिन हुन थालेका छन् ।पर्बतहरुको यस्तो दोहनबाट बचाउन र पर्बतको महत्वलाई बुझउने उदेश्यले होला संयु्क्त राष्ट्र संघले २००२ लाई अन्तर्राष्ट्रिय दिवस मनाउने  घोषणा गरेको थियो । हरेक बर्ष  डिसेम्बर ११ का दिन यो अन्तर्राष्ट्रिय पर्बत दिवस मनाउनुको अर्थ पर्बतहरुको संरक्षण, सुरक्षा र तिनको अबाञ्छित निर्मन दोहनलाई रोक्नु हो भन्ने पनि गरिन्छ  । तर तदनुकूलको मूर्त काम भने हुन सकिरहेको छैन ।
 के कुरा स्पष्ट छ भने पर्बत र मानिसको सम्वन्ध अत्यन्तै पुरानो छ जत्तिको पुरानो जो मानब सभ्यता छ । यो हाम्रो बसोबास रहेको पृथ्वीको २७ प्रतिशत भाग अहिले पनि  पहाडले ढाकिएको छ । बिश्वको १५ प्रतिशत मानिसको आवास पनि यही पहाडमा छ । अनि बिश्वको झण्डै आधाजसो जैबिक बिबिधताको  तातो केन्द्र पनि यही पहाडी भागमा नै छ । यो बिश्वको आधा जनसंख्याको दैनिक जीवन लागि चाहिने अजश्र पानीको आपूर्ति गर्ने श्रोत–स्थल  पनि हो ।

maoutanis2.jpg
कृषि बागबानी, पिउने पानी, स्वच्छ ऊर्जा र औषधीहरुको आपूर्ति पहाडको माध्यमबाट नै हुने गर्दछ। त्यसरी नै बिश्वको ८० प्रतिशत भोजनको आपूर्ति गर्ने बीस प्रतिशत बोट बिरुवाहरुका प्रजातिहरुमध्ये ६ प्रतिशतको उत्पत्ति र बिबिधता पनि यीनै पहाडसँगै जोडिएको छ । आलु, जौ,मकै,वा, फापर, कोदो, टमाटर, ज्वार, स्याउ आदिजस्ता उपयोगी आहराका खाद्य बस्तुहरु पनि पहाडबाटै प्राप्त हुन्छन् ।  हजारौं नदीहरुको श्रोत पनि पहाड नै हो । बिभिन्न देशहरुमा नदीलाई पूजा मात्र गरिदैन त्यहा बिभिन्न पहाडहरुलाई समेत पूज्ने गरिन्छ । बिश्वका धेरैजसो चमत्कारिक घटनाहरु पनि पहाडसँग जोडिएका छन् ।अनि बिभिन्न किसिमका सामाजिक, धार्मिक, आध्यात्मिक तथा साँस्कृतिक बिरासतहरुको उद्गम पनि पहाडसँगै जोडिएको छ ।  यस कारण पहाडको संरक्षण आजको मानिसको अपरिहार्य कत्र्तब्य बन्न गएको पनि  हो । 
 सृष्टिको उत्पत्तिसँगै सागर र पहाड दुबै मानब सभ्यताको बिकासको आधार बनेर रहेका छन् । तर जति जति नयाँ सभ्यता र सँस्कृतिको बिकाससँगै बिज्ञानको पनि बिकास हुँदै आयो त्यति त्यति पहाड र सागर दुबैको बैभवलाई बेढंगले समाप्त पारिदै लगियो । अनि जति जति बिश्व जलवायु तातो हुँदै गयो पर्बतीय हिमनदी(ग्लयाशियर) पग्लिदै गए । त्यसबाट जैबिक बिधितामाथि मात्र नकारात्मक असर परेन, त्यसका अतिरिक्त ताजा पिउने पानीको उपलब्धता र औषधीहरु प्नि हराउँदै गए । 
आज पर्बतीय पारिस्थितिकी(इकोसिस्टम) तन्त्र पनि बढ्दो प्रदुषणका कारण ठूलो खतरामा पुगेको छ । त्यसले गर्दा पनि संसारभरी नै पर्बतहरुलाई संरक्षण दिनु अत्यन्तै जरुरी छ । पर्बत हाम्रो लागि के कति उपयोगी छ यस बारेमा त्यो मानिसको समुदायले सबैभन्दा बढी जान्दछ जसको दैनिक जीवनको सबै अभ्यास पर्बतसँग जोडिएको छ । त्यसो त पहाडका बिषयलाई लिएर बिश्वका पर्बतहरुको अध्ययनको अलि गम्भीर ध्यान १९९२ मा गएको देखिन्छ ।त्यतिबेला पर्याबरण र बिकास सम्वन्धमा संयुक्त  राष्ट्र संघको सम्मेलनको प्रस्ताव २१ को अध्याय १३ ‘नाजुक पारिस्थितिकीतन्त्रको प्रबन्धन ः शतत पर्बतीय बिकास’ मा जोड दिइएको कुरा प्रकाशमा आएको थियो । 
 अन्तराष्ट्रिय पर्बत दिवस मनाउनाले बितेको १० बर्षमा पर्बतीय पर्यटनको बिकास पनि निकै तीब्र गतिमा भएको देखिन्छ । तर यसबाट नोक्सानी पनि ठूलै भएको छ । पर्यटकहरुको लापरबाही र अज्ञानतको कारण पर्याबरणबाट ठूलो नोक्सानी हुनपुगेको छ । फलतः पर्बतीय पारिस्थिकी तन्त्र(इकोशिस्टम) कमजोर हुन जाने खतरा अझ बढेको छ ।पहाडी इलाकाहरुका निबासीहरुलाई रोजगारी  पनि जंगल र पहाडबाट प्राप्त हुने हो । खासगरी महिलाहरका लागि पहाड कुनै खेतभन्दा कम छैन । यूवाहरुका लागि पर्बतीय जैबिक बिबिधताको सम्वन्ध आज पनि अधिक बिश्वसनीय किन छ भने कलाकृतिहरुको संरक्षण, उन्नत कला र अझ राम्रो स्वास्थ्यका लागि पहाड पर्याबरणसँग सम्बन्धित छ । आजीविका र प्राकृतिक आहार पहाडहरुबाट जत्तिको राम्रो प्राप्त हुन्छ त्यस्तो शायदै अन्यत्र कतैबाट प्राप्त हुने गर्दछ । इन्धन, औषधी र लहरे तरकारीहरु पनि पहाडकै खोचहरुमैं उब्जन्छ । सबै पहाडी जीव जन्तुको आवास स्थल पनि पहाड नै हो ।
 त्यसैले पहाडको जथाभावी दोहन र क्षरणको अर्थ हुन्छ कि जीवजन्तुहरु, बहुमूल्य बनस्पतिहरु,औषधीहरु र खनिज रत्नपत्थरहरुको अन्त्य हुनु र जीवनदायिनी अमूल्य तत्वहरुको अबशान हो । त्यसैले पृथ्वी निबासी प्रत्येक मानिसको पहाडसँग प्रतक्ष परोक्ष सम्बन्ध रहेको छ भन्ने बुझ्नु बुझाउनु पर्दछ । पर्बत बच्यो भने मात्र मानब सभ्यता,सँस्कृति र स्वास्थ्य तीनैवटा कुरा पनि राम्रोसँग बाँच्दछन् भन्ने गम्भीर कुरामा ध्यान केन्द्रित हुनु अत्यावश्यक छ । 
प्रकृतिसँग पौठेजोरी खेल्नु आफ्नै बिनाश निम्त्याउनु हो । प्रसिद्ध दार्शनिक तथा कार्ल माक्र्सका सहयोद्धा फे्रड्रिक एंगल्सले भनेका छन् कि प्रकृतिका नियम बुझेर चलेन र त्यसमाथि जथाभावी गरियो भने प्रकृतिले बाढी पहिरो, रोगब्याधी आदि अनेक किसिमले बदला लिन्छ । त्यसैले पनि प्रकृतिका अधिशासित नियहरु(गभर्निङ्ग ल अफ नेचर)लाई बुझेर चल्नाले मात्र मानब सभ्यताको बिकास र शतत रक्षा  पनि हुन्छ भन्ने कुरालाई राम्रोसँग बुझेर र आत्मसात गरेर चल्नुको कुनै बिकल्प छैन र हुन पनि सक्दैन ।