यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै कम्पनीले स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले कम्पनीको सञ्चालकको निर्णय बमोजिम नियुक्त अनुमति दिएपछि उनले बुधबार शपथ ग्रहण गरेका हुन् ।
यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्सको मर्जरपछि नायब प्रमुख कार्यकारी अधिकृत ९सिनियर डीसीईओ० बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए ।
नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।
यसअघिका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएपछि इन्स्योरेन्समा सीईओ पद रिक्त रहेकाे थियो।
नेपालपत्र संवाददाता