नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंकबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट पुतलीसडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादन अनुसार गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।
‘उक्त छुटका लागि कर्मचारीले गरिमा विकास बैंक लिमिटेडको परिचय पत्र र ग्राहकले गरिमा विकास बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट या गरिमा विकास बैंक लिमिटेडले प्रदान गरेको अन्य कुनै पेमेन्ट माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’
जोय स्टोर नेपालमा एप्पलको उत्पादनहरु बिक्री गर्ने आधिकार बिक्रेता हो । जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध संचालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन् ।
नेपालपत्र संवाददाता