सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेको वडा कार्यालय भवन उद्घाटन भएको छ । वडा नं. १ का वडाध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख असतथ्यतामा र उपप्रमुख सिता थापाको बिशेष अतिथ्यतामा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको हो ।
वडा कार्यालय भवन उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गरे । मुलुकमा थुप्रै राजनीतिक उचार चडाब आए पनि विकास निर्माणका काममा कसैले पनि अवरोध गर्न नहुने भन्दै नागरिकको सुविधा र आवश्यकतालाई ध्यानमा राखेर काम गर्न पर्ने बताए । नवनिर्मित भवनले जनता तथा कर्मचारी दुबैलाई कार्य गर्नको लागी निकै सहज पुराउने सापकोटाको भनाई छ ।
यसै गरी नगर उपप्रमुख सिता थापाले वडाकार्यलयको भवन निर्माणसँगै वडामा सडक, भौतिक संरचना निर्माण, खानेपानीको समस्या समाधान लगायत कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय विकास भएको जनाए ।
नेपालपत्र संवाददाता