शनिबार, कार्तिक ८ गते २०८३

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित


मंसिर २३, २०८१ आइतबार
स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित

स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।  गत शुक्रबार भएके निर्वाचनबाट उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका  थिए ।

यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्। 

ढकाल हिमालयन ब्रोकेजका अध्यक्ष समेत हुन्। एसोसिएसनको ३० औ बार्षिक साधारण सभाबाट ढकाल निर्वाचित भएका हुन् ।