प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
ती परियोजनाहरूमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथ्लेटिक्स कम्पलेक्स रहेका छन्।
बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए।
नेपालले अनुदानमा बीआरआई कार्यान्वयन गर्न सकिने फ्रेमवर्क प्रस्ताव गरेको थियो । तर, चीनले अनुदानमा मात्र बीआरआई कार्यान्वयन गर्न नसकिने भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेपछि दुई पक्षीय वार्तामा फ्रेमवर्कमा नेपालले लेखेको अनुदान शब्दलाई हटाएर सहायता शब्द राख्ने सहमति जुटेसँगै हस्ताक्षर भएको जनाइएको छ ।
बीआरआई परियोजनाअन्तर्गत ऋण समेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋणरसहायता दुवै लिन बाटो खुलेको छ । फ्रेमवर्कको भाषामा अनुदान ९ग्रान्ट०को स्थानमा सहायता ९एड० शब्द राखेर बीआरआईको फ्रेमवर्कमा सम्झौता गरिएको हो । सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने सम्भावना देखिएको छ ।
नेपालपत्र संवाददाता