शनिबार, कार्तिक ८ गते २०८३

एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको लागि बोर्डले दियो अनुमति


मंसिर १२, २०८१ बुधबार
एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको  लागि बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार कार्यभार सम्हाले लगत्तै एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन् । श्रेष्ठले एभरेष्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएका हुन् । एभरेष्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो ।

तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो । निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले यस्ता निर्णयमा हस्ताक्षर गरेका थिएनन् । अब एभरेष्ट बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । यसका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।