आइतबार, आश्विन १८ गते २०८३

उप–निर्वाचन अनुगमनका लागि निर्वाचन आयोगले खटायो दुइ टोली


मंसिर १२, २०८१ बुधबार
उप–निर्वाचन अनुगमनका लागि निर्वाचन आयोगले खटायो दुइ टोली
 
 
स्थानीय तह उपनिर्वाचन, २०८१ को प्रचारप्रसारको क्रममा काठमाडौँ जिल्लामा आचारसंहिताको उल्लंघन भएको सूचना प्राप्त भएको भन्दै निर्वाचन आयोगले सम्बन्धित स्थानमा अनुगमन टोली खटाएको छ। काठमाडौँ महानगरपालिका वडा नं. १६ मा खटिएको टोलीमा सहसचिव नारायण प्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी, उपसचिव सीता पुन श्रीष र प्रहरी उपरीक्षक सञ्जयसिँह थापा रहेका छन् । 
 
त्यसैगरी कीर्तिपुर नगरपालिकामा खटिएको टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुसाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी  र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेको निर्वाचन आयोगले जनाएको छ । 
उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको र निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाईएमा कारबाही गर्ने अधिकार सहितको जिम्मेवारी ती टोलीलाई भएको निर्वाचन आयोगले जनाएको छ ।