बुधबार, भाद्र ३ गते २०८३

राज्यलाई स्वर्ग बनाउने प्रयास गर्दा नै राज्य नर्क बन्न पुग्छ : फ्रेडरिक ए. हाएक


मंसिर १२, २०८१ बुधबार
राज्यलाई स्वर्ग बनाउने प्रयास गर्दा नै राज्य नर्क बन्न पुग्छ : फ्रेडरिक ए. हाएक
फ्रेडरिक हाएक (१८९९–१९९२) अर्थशास्त्रमा नोबेल पुरस्कार (१९७४) र अमेरिकाको महत्वपूर्ण पदक प्रेसिडेन्सियल मेडल अफ फ्रिडम (१९९१) प्राप्त अस्ट्रियन प्राध्यापक हुन् । भियना विश्वविद्यालय, लन्डन स्कूल अफ इकोनोमिक्स्, शिकागो विश्वविश्वविद्यालय, फ्रिबर्ग विश्वविद्यालयमा यिनी प्राध्यापक भए ।
 
सातवटा पुस्तकका लेखक हाएकको यो भनाई, ‘The Road to the Serfdom’ (दासत्वको बाटो) भन्ने पुस्तकबाट लिइएको हो । यो सानो पुस्तक आफ्ना आलोचनात्मक विचारका लागि प्रभावशाली छ । सोही पुस्तकका एकदुई बुँदाले यसको पुष्टी गर्लान् :
 
“प्रभुत्ववादी विचारले स्वतन्त्र समाजमा भएको स्वतस्फूर्त ऊर्जाको सदुपयोग कसरी गर्ने भन्ने बहसलाई महत्व दिँदैन ।”
 
“नाजीवादको सुरुवात हुनुभन्दा धेरै अघिदेखि नै जर्मनहरूले उदारवाद, लोकतन्त्र, पूँजीवाद र व्यक्तिवादलाई आक्षेप लगाउन थालिसकेका थिए ।”
 
“समाजवादबाट फासीवादसम्मको संक्रमणलाई नजिकबाट अध्ययन गर्दा यी दुई प्रणालीबीचको समानता सजिलै देख्न सकिन्छ ।”
 
“लोकतान्त्रिक समाजवाद’ नामक विगत शताब्दीको ठूलो काल्पनिक आदर्श पछ्याउनेहरूलाई यस व्यवस्थाको अंसभाव्यताको छनकै छैन ।”
 
“सर्वसत्तावादमा सबैभन्दा बढी दुरुपयोग हुने शब्द ‘स्वतन्त्रता’ नै हो ।”