नेपाली बजारमा सुनको मूल्य एकैदिन ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ। आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकाे चाँदी समेत प्रतिताेला १ सय ४५ ले घटेर १८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपालपत्र संवाददाता