बुधबार, भाद्र ३ गते २०८३

अमेरिकी कर्के नजर भारत तिर !!!


मंसिर ८, २०८१ शनिबार
अमेरिकी कर्के नजर भारत तिर !!!

महदीप पाेखरेल
१) भारत र इरान बिच केही महिना पहिले हवाई मैदान उपयोग बारे सम्झौता भएपछि अमेरिका सशंकित भएको थियो र भारत विरुद्ध अनेकौं प्रतिबन्ध हुनसक्ने बताएको थियो।
२) भारतको मणिपुर हिंसा ,जो अहिले पनि चलिरहेको छ,त्यस्मा अमेरिकी संग्लनता भारतलाई टुक्र्याउने योजनाको अंश हो भन्ने बुझाई छ।
३)हालसलै  भारतको १५ वटा कम्पनीहरु अमेरिकी प्रतिबन्धको लिष्टमा चढेका छन।
४) हालासालै भारतीय बहुराष्ट्रिय उद्योगपति तथा प्रधानमन्त्री मोदीका पृय पात्र गौतम अडानीको विरुद्ध अमेरिकाको अदालतमा २ हजार करोडको घुषखोरी अभियोगमा मुद्दा चलिरहेको छ र अडानी विरुद्ध पक्राउ आदेश जारी भएको छ।यस्लाई कतिपयले अमेरिकाको भारत विरुद्ध अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल जस्तै प्रहार हो पनि भनेका छन।
५)भारत र रुसको रणनैतिक सम्बन्ध व्यापार अनि ब्रिक्स(BRICS)मा भारतको महत्त्वपूर्ण उपस्थिति अमेरिकालाई मन परेको छैन। त्यसकारण उस्को कर्के नजर अहिले भारत माथि परेको छ।
६)सैन्य संगठन 'क्वाड' अहिले त्यति सक्रिय छैन,जस्मा भारत अति मूख्य स्टेक होल्डर हो।यो पनि अमेरिका बेखुसी हुने महत्त्वपूर्ण निउ हो।
७) संसार बहुध्रुबकाे दिशामा बढिरहेको,शक्ति सम्पन्न राष्ट्रहरुको अन्तरबिरोध बढेर युद्धको स्थितिमा पुगिसकेको बर्तमान यथार्थको बिच भारतले आफ्नो कित्ता स्पष्ट (क्लियर) गर्नैपर्ने अबस्था आएको छ।अब उस्को सबै तिर मितेरी गाँसेर फाइदा लिइरहने रणनीति काम लाग्दैन।