आइतबार, आश्विन १८ गते २०८३

आइएमई पेबाट आइइएलटीएस टेस्टको शुल्क भुक्तानी गर्न सकिने


मंसिर ७, २०८१ शुक्रबार
आइएमई पेबाट आइइएलटीएस टेस्टको शुल्क भुक्तानी गर्न सकिने

 

आइएमई पेले सो एपमार्फत् आइइएलटीएस परीक्षाको शुल्क भुक्तानी गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।

यस सुविधा अनुसार प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आइइएलटीएस टेस्ट परिक्षाको शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्ने कम्पनीको अपेक्षा छ। 

प्रयोगकर्ताहरुले केडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट लगायतका अन्य टेस्ट भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट टेस्टको शुल्क भुक्तानी गरेमा रु। १००० क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।