शनिबार, कार्तिक ८ गते २०८३

एनआईएमबीका ग्राहकलाई स्काईवाक टावरमा छुट


मंसिर ४, २०८१ मंगलबार
एनआईएमबीका ग्राहकलाई  स्काईवाक टावरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरुलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छुट दिइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र वन्डर्स नेपालबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २०% सम्म विषेश छुट दिने सहमति भएको छ ।

एनआईएमबीका ग्राहकहरुले १ जनादेखि ५ जनासम्मले टिकट खरिद गर्दा १५% छुट र ५ जनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा  २०% सम्म पाउने बताइएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । 

बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ । छुटको विवरण आफ्नो आधिकारिक वेवसाइटमा उपलब्ध गराइएको पनि बैंकले जनाएको छ ।